- -सबिना अधिकारी

उदयपुर /कटारी कोरोनाको तेस्रो लहर आएसँगै हाल उदयपुरमा दैनिकजसो संक्रमित बढे सङ्गै कटारीमा पनि संक्रमितको संख्या बढदै गएको छ।शुक्रबार ९ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जनामा संक्रमण देखिएको छ।संक्रमित सबैजना होम आइसोलेसनमा बसेको कटारी अस्पतालले जनाएको छ।

हाल सम्म कटारीमा ३८ जना संक्रमित रहेका छन।सबै जना होम आइसोलेसनमा बसेको कटारी स्वास्थ शाखाले जनाएको छ।उदयपुर जिल्लामा कोरोना संक्रमितको संख्या २१४ जना रहेको उदयपुर जिल्ला स्वास्था शाखाको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया