- समाबेशी संबाददाता

उदयपुर/ कटारीमा कार्यरत नेपाल प्रहरीका एक जवानको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय कटारीमा कार्यरत प्रहरी जवानको उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

नियमित ड्युटीमा रहेका प्रहरी जवान पदम माझी अचानक बिरामी भएपछि कटारी बजारस्थित कटारी अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचार हुँदै गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।डीएसपी गौतमका अनुसार माझी मंगलबार बिहानै देखि बिरामी भएपछि अस्पताल लगिएको थियो।यता के बिरामीको कारण जवान माझीको मृत्यु भएको हो भन्नेबारे जिप्रका उदयपुरले केही खुलाएको छैन ।उनको शव प्रक्रिया पुर्‍याएपछि परिवारलाई जिम्मा लगाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया