२९ बैशाख ,बिहीवार ,२०७९
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा लागेको छ । पैसा बाँडेको आरोपमा होहल्ला भएपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई लिएर गएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । प्रहरीले उनलाई सुरुमा जिल्ला प्रहरी कार्यालय लैजाने बताए पनि विमानस्थल पुर्याएको हो ।