- समाबेशी सम्बादाता

९ सोमबार, जेठ २०७९
उदयपुर / कटारीका गायक तथा संगितकार शिभ थापा मगरको उदयपुरगढी घुमेर हेर्दा बोलको गित सार्बजनिक भएको छ।मगरको शब्द,संगित र स्वरमा रहेको गित उदयपुरगढी गाउँपालिका भित्र रहेको गाउँठाउको वर्णन गरिएको छ।गायक मगरको निर्देशनमा भिडियो पनि तयार भएको छ उक्त गित उदयपुरगढि नै पुगेर आसपासका रमणीय गाउको दृश्य कैद गरि भिडियो तयार भएको हो।

उक्त भिडियोमा सन्जु राउत,रबिना राई,रोशन मगर,शम्भु मगर लगायत अन्यले अभिनय गर्नुभएको छ।एलेक्स बसेलको कोरियोग्राफी,मनिश मगरको छायांकन रहेको छ।
आफ्नो गाउठाउको चिनारी र बिश्व सामु आफ्नो गाउँ को प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटन बिकासका लागि टेवा पुगोस भन्ने उदेश्यले यो गित तयार परिएको गायक तथा संगीतकार मगर बताउछन।

भिडियो हेर्न 👇️👇️थिच्नुहोस।

तपाईको प्रतिक्रिया