- सपना थापा मगर

१४ जेष्ठ सनिवार ,२०७९

डिप्रोक्स लघुबित बितीय संस्था लि.शाखा कटारीले शुक्रबार एक कार्यक्रम बिच केन्द्र प्रमुख गोष्ठि तथा बितीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख अतिथी अनुगमन अधिकृत सुर्य बहादुर बिष्ट, बिशिष्ट अतिथी कटारी नपा वडा नं ३ का नवनिर्वाचित वडाध्यक्ष पुस्कर खडका लगायत बुद्धिजिवी,पत्रकार,ब्यबसायीहरुको उपस्तिथीमा सम्पन्न कार्यक्रममा बितीय संस्थाको बारेमा चर्चा गरिएको थियो। बित के हो,कसरी बचत गर्ने,बचत नगरे भबिस्यमा कस्तो असर पर्छ प्रमुख अतिथी अनुगमन अधिकृत सुर्य बहादुर बिष्टले प्रस्टाउनु भयो।
०५७ साल पौषमा दर्ता भई ०५८ साल असार देखि बितीय कारोबार स्विकृती पाएको सस्थाले ०५८ श्रावण देखि आपmनो बितीय कारोबार बिधिवत रुपमा सुरुवात गरेको हो।हाल १७ अर्ब ५० करोड २५ लाख कर्जा लगानी रहेको सस्थाको सर्ब साधरणको निपेक्ष ७ अर्ब ७३ करोड रहेको छ। ०६७ सालमा कटारी शाखा स्थापना भई १३४७ घरधरी सदस्यलाई ९ करोड ३१ लाख लगानी रहेको शाखाका प्रमुख चन्दन शाहले बताउनु भयो।

तपाईको प्रतिक्रिया