समाबेशी एफ एम
कटारी / कटारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ८९ दशमलव ९३ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको ८० करोड ४६ लाख ५० हजार ५ सय ६४ रुपैंया ५ पैसामध्ये ८९ दशमलव ९३ प्रतिशत खर्च गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल किरातीका अनुसार कुल बजेटको चालु खर्च ९२ दशमलव ९६ प्रतिशत र पूजींगत खर्च ८२ दशमलव ९८ प्रतिशत रहेको छ । त्यसैगरी कुल बजेटको आर्थिक विकास तर्पm ६६ प्रतिशत ६२ प्रतिशत सामाजिक विकास तर्फ ९२ दशमलव ७४ प्रतिशत खर्च भएको छ ।
अधिकृत किरातीका अनुसार पूर्वाधार विकास तर्पm ९० दशमलव ४३ प्रतिशत खर्च हुँदा वन वातावरण तथा अन्र्तसम्बन्धित क्षेत्र तर्फ ९३ दशमलव ४५ प्रतिशत र सुशासनतथा संस्थागत विकास तर्फ ९३ दशमलव ८५ प्रतिशत को वित्तिय प्रगती भएको छ । यस चालु आर्थिक वर्षमा १० प्रतिशत बजेट कटारी नगरपालिकाले खर्च गर्न सकेन ।
अधिकृत किरातीले पूजींगत खर्चको प्रगतीमा कमि देखिएको जानकारी दिनुभएको छ । आगामी आर्थिक वर्षमा गम्भिर छलफल गरेर वित्तिय प्रगतिको तथ्यांक बढाउनु पर्ने पनि किरातीले उल्लेख गर्नुभयो । गत वर्षहरुमा बजेट खर्चबारे नगरले सार्वजनिक गर्ने गरेको थिएन ।
यस वर्ष प्रमुख प्रशासकिय अधिकृत किरातीले नगरपालिकाको अफिसियल फेसबुक पेज तथा व्यक्तिगत फेसबुकबाट समेत चालु आर्थिक वर्षको खर्चबारे सार्वजनिक गर्नुभएको हो । ‘विगत वर्षहरुको र हालको खर्चको प्रगतीबारे अध्ययन गर्छौं ।’किरातीले भन्नुभयो ‘ खर्च भएर गएका योजनाको बारेमा पनि अध्ययन गछौं र सार्वजनिक गर्छौं ’
कटारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भने ७६ करोड ४२ लाख ६२ हजार ५ सय ५० रुपैंयाको वार्षिक नीति , कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेको छ । गएको १० असारमा सम्पन्न नगरको नवौै नगरसभाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट सार्वजनिक गरेको हो । कटारी नगरमा चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि ४ करोड ३ लाख बढी बजेट कमी छ ।

तपाईको प्रतिक्रिया