समावेशी एफ एम सम्बाददाता
२६ असार , आईतबार , २०७९
कटारी /आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा जस्तै कटारीमा पनि हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।
कटारीमा ५ दर्जन बढी मुस्लिम परिवारहरुले यो पर्व मनाईरहेको कटारीका नईम खाँले बताउनुभयो । कटारीमा पनि एकआपसमा शुभकामना आदान प्रदान गर्ने तथा रमाईलो गरी यो पर्व मनाईदैंछ । इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । आज कटारीम पनि मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई नमाज पढ्दैछन् । कटारी बजारमा समेत मुस्लिमहरुको मस्जिद रहेको छ ।

तपाईको प्रतिक्रिया