झुम्का एफ.एम. १०६ मेगाहर्ज
सुनसरीमा भएका बह्रा वटै स्थानीय तहमा आज शान्तिपूर्ण रुपमा राजनैतिक दलले आ–आफनो उम्मेदवारको मनोनयन दर्ता गराएका छन । बिहान ८ बजे देखि सुरु भएको मनोनयन दर्ता पक्रिया रामधुनी नगरपालिकामा दिनभरी दलहरुले दर्ता गराएका हुन ।
विभिन्न जातिय भेषभुषामा सजिएर आएका स्थानीयवासी तथा कार्यकर्ताले बाजागाजा सहित आ–आफनो पार्टीहरुलाई समर्थन गर्दै निर्वाचन प्रक्रियामा मनोनयन दर्ता गराएको हुन ।
प्रचण्ड घामको वास्ता नगरी के वृद्ध के वयस्क मनोनयन दर्ता पक्रियामा सहभागी भई साचिकै दर्ता पक्रिया न भई उम्मेदवारको विजय भएको आभाषको रुपमा देखिन्थ्यो ।


चुनाव अगावै विजय जुलुस मनाईरहेको उत्साह तथा खुशियाली झल्किरहेको देखिन्थ्यो । २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन जनताहरुमा एक किसिमको रौनक नै थपिएको पायो ।
रामधुनीवासीले उत्साह पूर्वक आ–आफनो पार्टीका उम्मेदवारहरु लाई समर्थन गर्दे झुम्का बजार एरिया चुनावमय तथा स्थानीयहरुमा खुसियालीका लहर स्थानिय निर्वाचनले थपिएको देखियो ।


दर्ता प्रक्रिया स्वतन्त्र उमेदवारको मेयर पदबाट सुरु भएको निर्वाचन अधिकृत टुवराज पोख्रेलले बताएका छन । रामधुनी नगरपालिकाको कार्यालयमा भएको दार्ता पक्रियामा ९ जनाले मेयर पदका लागि मनोनयन दर्ता गएका छन् । स्वतन्त्रबाट मेयरका लागि राजन कुमार गौतम, डिल्ली खनाल, मनराज दाहाल र सुर्यप्रसाद दाहालको मनोनयन दर्ता भएको छ ।
त्यसै गरी रामधुनी नेपाली काग्रेसको तर्फबाट मेयर पदका लागी जयप्रकाश चौधरी, नेकपा एमालेबाट नन्द कुमार बस्नेत, माओवादी केन्द्रबाट दिनेश चौधरी, राप्रपाबाट गोपाल बहादुर कार्की र नेपाल फोरम लोकतान्त्रिकबाट मेयरमा केदार गेलालले उम्मेदवारको लागि मनोनयन दर्ता गराएका छन भनी निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
स्थानीय निर्वाचनका लागि रामधुनीबाट उप मेयर पदमा नेपाली कागे्रसबाट विजया कटवाल, नेकपा एमालेबाट सबिना चौधरी, माओवादी केन्द्रबाट श्यामकुमारी शाह, नेपाल फोरम लोकतान्त्रिकबाट देवसरी चौधरी तथा संघिय समाजवादी फोरम नेपालबाट उप मेयरमा सबिना चौधरीले उमेदवारी दर्ता गराएका छन ।


सुनसरी जिल्लामा कुल मतदाताको संख्या ४ लाख २१ ह्जार १ सय ६५ जना रहेका छन । भने रामधुनी नगरपालिकामा मतदाताको संख्या तीस हजार ३ सय छपन्न रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया