निशान प्रकृति

झुम्का एफ.एम.१०६ मेगार्हज/झुम्का, सुनसरी

रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन । वडाध्यक्षका उम्मेदवार महेश चौधरी १३०९ मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका खगेन्द्र काफ्लेले ८२८ मत प्राप्त गरेका छन । त्यसै गरी नेपाली काग्रेसका महिला सदस्य उमा थरुनीले १२५१, महिला दलित सदस्य पार्वती सरदारले १२६९, खुल्ला सदस्यहरु हरिवशं रौनियारले १२५१ र देवराज पोखरेलले ११३० मत ल्याएर विजय भएको हो । सो वडामा कांग्रेसका मेयर पदका उम्मेदवार जयप्रकाश चौधरीले १४५५ र उपमेयर विजया कटुवालले १२०९, एमालेका उम्मेदवार नन्द बस्नेतले ७२२ र उपमेयर पदकी उम्मेदवारले ८७९ मत प्राप्त गरेका छन ।


त्यसै गरी रामधुनी नगरपाािलका वडा–२ मा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार रामनारायण चौधरी विजय भएका छन । चौधरीले–८२२ मत ल्याएका छन । एमालेकै खुल्ला सदस्य अनन्तराम चौधरीले–८३८ महिला सदस्य राधादेवी बस्नेतले–८०७, दलित सदस्य कमला मोचिले–८६२ ल्याएर विजय भएका छन साथै वडा नं.–२ मा नै नेपाली काग्रेसका खुल्ला सदस्य सुरेश साहले–६५९ मत ल्याएर विजय भएका छन

रामधुनी नगरापलिका वडा–३ मा पनि नेपाली काग्रेसले नै वडा अध्यक्षका पदमा विजय भएका छन । वडा न. –३ काग्रेस मेयरले–१०२४ उप–मेयर–९४८, एमालेले –१०६४ उप मेयरले –११११ प्रमुख पदमा मत रहेको छ त्यसै गरी नेपाली काग्रेसका राजकुमार चौधरीले–१०४९ मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बुधनाराण चौधरीले–१०४३ मत प्राप्त गरेका छन । नेपाली काग्रेस खुल्ला सदस्यमा नारायण श्रेष्ठ–१०६६, नेकपा एमाले महिला सदस्य टीका लक्ष्मी श्रेष्ठ–११०७, दलित सदस्यमा–सोभा मुसहर–१०५६ सदस्यमा विन्देश चौधरी–१०४६ मत ल्याएर विजय भएका छन ।

यस नगरपालिकामा असार १४ गते जम्मा २२ हजार ६ सय २४ मत खसेको थियो भने नगरपालिकाको जनसंख्या कुल ३० हजार ३ सय ५६ रहेको छ

तपाईको प्रतिक्रिया