झुम्का । छठअन्तर्गत व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्व यो वर्षका लागि सकिएको हो ।
दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ, अक्षता, फूल लिई पकवानसमेतको अर्घ सूर्यलाई अर्पण गरेका हुन् ।
अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको प्रतिक मानिन्छ ।
छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्ने गर्छन् । तराईका समुदायमा मात्रै मनाइरहेका छठ पर्व अव सबै सुमदायले विस्तारै अंगालिरहेको अवस्था छ ।

तपाईको प्रतिक्रिया