काठमाण्डौ – कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ ।
नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।
अस्पतालका अनुसार उपचारकै क्रममा उहाँको बुधवार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया