बिराटनगर । कोरोना महामारीका कारण २०७६ चैत्र १० गते बाट सिल गरिएको नेपाल भारत सिमा नाका भारतीय पक्षले खुला गरेको छ ।

कोरोनाको संक्रमण नफैलिओस भनि करिब सात महिना अघी नेपाल भारत दुवै देशले मिलेर सिल गरेको नाका शनिबार आज भारतले खोलेको हो। जोगबनि कस्टम बाट आएका सुप्रिटेन्डेन्ट तथा केही स्थानियहरुको रोहबरमा उक्त नाका खोलिएको श्रोतले बताएको छ ।

भारतले नाका खोलेपनि नेपाल तर्फ भने नाका अझै सिल रहेको र कार्तिक मसान्त सम्म कुनै प्रकारको आवागमन नहुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया