काठमाडौं। फेसबुकले एक सय वटा भाषालाई अनुवाद गर्न सक्ने नयाँ सफ्टवेयर लञ्च गरेको छ।

मेसिन लर्निङमा आधारित उक्त सफ्टवेयर फेसबुकका प्रयोगकर्ता लाभान्वित हुने फेसबुकले बताएको छ। फेसबुकले यो ट्रान्सलेसशन सफ्टवेयरको नाम ‘एम टू एम हन्ड्रेड’ राखेको छ।

फेसबुकले गरेको दावी अनुसार, एक सय भाषाको अङ्ग्रेजी अनुवाद गर्न सक्ने यो विश्वकै पहिलो सफ्टवेयर हो। यसले सामाजिक सञ्जालमा रहेका १०० भन्दा बढी भाषामा रहेको सामग्रीलाई अनुवाद गर्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया