सुनसरी । इटहरीको आँपगाछीमा दूध बोकेको गाडी र मोटरसाइकल दुर्घटना भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार को १ क ३४४१ नम्बरको दूध बोकेको गाडीले स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

घटनास्थलमा खटिएका प्रहरीका अनुसार दुर्घटनामा एकको अवस्था गम्भीर छ । उनको तत्काल नाम, थर, वतन नखुलेको बताइएको छ ।

गम्भीर घाइते भएका उनको उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठान पठाइएको छ । दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन इंटहरीतर्फ गइरहेको स्थानीयले जानकारी दिए ।

तपाईको प्रतिक्रिया