उदयपुर । बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरबाट एक जना पक्राउ परेका छन्।

उदयपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधीन घरमा लगि दनुवारले शनिबार राति जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया