झापा । झापामा डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन् ।

दमक नगरपालिका– ८ मा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ६० हजार रुपैयाँ बरामत गरिएको छ ।

पक्राउ पर्नेमा दमक–७ का होटल संचालक ३२ वर्षीय पदम सुब्बा, दमक –५ का २९ वर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ वर्षीय मोहन ढुंगाना, दमक–६ का ३८ वर्षीय द्रोणचार्य कार्की, ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेका छन् ।

शनिबार बेलुका होटलमा जुवाजन्य खेल खेलाइरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया