काठमाडौ । सोमबारदेखि दसैं तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।

नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् । यो वर्षको दसैं तिहारका लागि केन्द्रीय बैंकले करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने बताएको छ ।

तपाईको प्रतिक्रिया