काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित थपिएका छन् । १५ हजार ४८८ वटा नमूनाको परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

आज १ हजार २६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया